अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

खोप अभियान चलाउन माघ १६ देखि चार दिन विद्यालयहरु खोलिने

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:५४ मा प्रकाशित

विद्यार्थी केन्द्रित खोप अभियान प्रभावकारी बन्न नसकेपछि सरकारले खोप अभियान चलाउनकै लागि माघ १५ गते पछि चार दिनका लागि विद्यालय खोल्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा बसेको कोभिडबिरुद्ध प्रतिकार्यसम्बन्धी बैठकमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्ध खोप लगाउनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने लगायत उपस्थित हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू