अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:४४ मा प्रकाशित

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो । जितका लागि एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो । पुलिसका दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

एपीएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक÷एक विकेट लिए । एपीएफका अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । यस्तै लोकेश बमले २७ रन र सन्दीप जोराले २४ रन जोडे । कप्तान शरद भेषवाकर १९ रनमा आउट भए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन-तीन विकेट लिए । गुलशन झाले दुई, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक-एक विकेट लिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।

 

प्रतिक्रिया