अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

रुस युक्रेनमाथि आक्रमणका लागि तयारी गरिरहेको छ -अमेरिका

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:४३ मा प्रकाशित

अमेरिकाले रुस युक्रेनमाथि आक्रमणका लागि तयारी गरिरहेको चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेनमाथि आक्रमणका लागि रुस आन्तरिक रुपले तयारी गरिरहेको बताउनुभएको छ ।

युक्रेन भ्रमणको क्रममा रहनुभएका एन्टनीले रुसले युक्रेनमाथि गर्ने आक्रमणको विषयमा शुक्रवार रुसी समकक्षीसँग जेनेभामा भेटवार्ताको तयारीमा रहनुभएको छ । तर, रुसले युक्रेनमाथि आफूले आक्रमण गर्ने कुनै योजना नबनाएको दावी गर्दै आएको छ । यता, युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोफले पश्चिमी देशका सरकारलाई रुसमाथि प्रतिबन्ध लगाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू