अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

हवाई यात्रामा नयाँ नियम लागू, अनिवार्य स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:३८ मा प्रकाशित

कोरोना महामारी जोखिम बढ्दै गएपछि हवाई यात्रामा नयाँ नियम लागू गरिएको छ । हवाइ यात्रामा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको हो ।आन्तरिक हवाई यात्राका लागि विमानस्थल प्रवेश गर्दा यात्रुले कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने नयाँ नियम लागू गरिएको छ ।

बुधबार बसेको वायु सेवा संञ्चालक संघको कार्यसमिति बैठकले हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) अनिवार्य गर्ने निर्णय गरेको हो ।

बुधबार वायुसेवा सञ्चालन संघले हवाई जहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसङ्क्रमित गर्नुपर्ने तथा चेक–इक, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू