अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

कोरोनाका लक्षण देखिए ५ दिन क्वारेन्टाइन बसेरमात्र परीक्षण गराउनुहोस् – डा. पौडेल

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:३७ मा प्रकाशित

ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिनासाथ परीक्षणभन्दा पनि क्वारेन्टाइनमा बस्न सुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोरोना प्रेस ब्रिफिङमा बोल्दै ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ ५ दिन क्वारेन्टाइन बसाईपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताउनुभयो ।

ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक रहेको र खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्ने उल्लेख गर्दै उहाँले ५ दिन क्वारेन्टाइन नभए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने बताउनुभयो । पौडेलका अनुसार ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन् । अहिलेको संक्रमण हेर्दा अस्पताल भर्ना हुने डर कम देखिएको उहाँले बताउनुभयो ।

जनस्वास्थ्यका मापदण्डको पालना तथा खुल्ला ठाउँमा बस्ने, हावा खेल्ने ठाउँमा बस्ने गर्नाले संक्रमण सर्ने जोखिम कम हुने तथा केही जटिलता रहेमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू