अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

उडिरहेको गुण एअरलाइन्सको जहाजको ढोका खुलेको विषयमा छानविन गर्न समिति गठन

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४७ मा प्रकाशित

उडिरहेको बेला आकासमै गुण एअरलाइन्सको जहाजको ढोका खुलेको विषयमा छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधीराम न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।

समितिले भोलि बुधवारबाट आफ्नो काम थाल्ने समितिका संयोजक तथा क्याप्टेन न्यौपानेले जानकारी दिनुभयो । यही माघ २ गते काठमाण्डौबाट पोखरा जाने क्रममा आकासमा जहाजको अकस्मात झयाल खुलेपछि पुनः काठमाण्डौ फर्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू