अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

मधेश प्रदेशमा भोली पनि सार्वजनिक बिदा

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४५ मा प्रकाशित

मधेश प्रदेश सरकारले भोली पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा आज बिदा दिएको प्रदेश सरकारले भोली पनि सार्वजनिक बिदा दिएको हो । भोली मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले नगद वितरण गर्ने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू