अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

सर्वोच्च अदालतले २ सातासम्म ६ प्रकारका सेवा मात्रै दिने

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४४ मा प्रकाशित

सर्वोच्च अदालतले २ साताका लागी सेवा कटौती गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तिव्र गतिमा फैलिनुका साथै न्यायाधिश, मुख्य रजिष्ट्रार लगायत ३१ जनालाई कोरोना पुष्टि भएकाले सावधानी अपनाउँदै भोलिदेखि ६ प्रकारका सेवा मात्रै दिनेछ । सर्वोच्च अदालतले माघ १८ गतेसम्म बन्दीप्रत्यक्षीकरण तथा कोभिड १९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ ।

मुद्दा फिर्ता, तामेली एवम मिलापत्र सम्बन्धी निवेदन, फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदन, अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुनेछ । हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्काे पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदन, मुद्धा र निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।

उच्च अदालत र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू