अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

दूधको मूल्य बढाउनुको विकल्प नभएको कृषि मन्त्रीको भनाई

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४२ मा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउनुको अब विकल्प नरहेको बताउनुभएको छ । मन्त्री यादवले दुग्ध उत्पादक किसानलाई जोगाउन कै लागि पनि दूधको मूल्य बढाउनुको पर्ने आबस्यकता भएको बताउनु भएको हो । हाल दुग्ध उत्पादक किसानहरुको दुधको मुल्य बढाउनु पर्ने माग गरिरहेका छन् । तर मन्त्रालयले कसैको प्रभाव र दबावमा परी मूल्य वृद्धिबारे निर्णय नगरेर राष्ट्रिय दुग्ध विकास बोर्डको स्थलगत अध्ययन पछि मूल्य बढाउनु पर्ने निश्कर्षमा पुगिएको मन्त्री यादबको भनाई छ ।

दुधको मूल्य नबढाए दुग्ध उत्पादन क्षेत्रमा किसान टिक्न नसक्ने भन्दै मन्त्री यादवले दुधको मुल्य बृद्दिबारे चाडै निर्णय हुने बताउनु भएको छ । राष्ट्रिय दुग्धविकास नीति २०७८ को आधारमा मूल्य बढाउने अवस्थामा पुगिएको भन्दै बढेको मूल्यले किसानलाई कृषि पेशामा टिकिरहन ठूलो मद्दत पुग्ने उहाको भनाइ छ । तर उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले किसानको खोल ओडेका व्यापारीले प्रलोभनमा दूधको मूल्य बढाइन लगेको भन्दै तत्काल यो निर्णयबाट हट्न सरकारलार्य आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू