अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

यमनको हुथि व्रिदोही समूहद्वारा युएइमा ड्रोन आक्रमण, ३ जनाको मृत्यु, बदला लिने युएइको चेतावनी

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४२ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स युएइले यमनका हुथी बिद्रोहीेको ड्रोन आक्रमणको बदला लिने चेतावनी दिएको छ । हुथी बिद्रोहीले अवधावीमा गरेको ड्रोन आक्रमणमा ३ जनाको मृत्यु भएपछि युएईले यस्तो चेतावनी दिएको हो ।

युएइले ड्रोन हमलालाई घातक हमलाको संज्ञा दिंदै बदला लिने चेतावनी दिएको छ । यमनको हुथी बिद्रोहीले युएइमा ड्रोन हमला गर्दा एउटा पेट्रोल स्टेसन विष्फोट भएको छ जहाँ ३ जना मारिएका हुन् । मारिनेमा दुई भारतीय र एक पाकिस्तानी नागरिक रहेका छन् । युएइ साउदी नेतृत्वको सैन्य गठबन्धनको एक हिस्सा हो भने हुथी बिद्रोहीलाई इरान समर्थित यमन सरकारको संरक्षण छ ।

यसैबीच, हुथीका प्रवक्ता याह्यमा सारीले आक्रमणलाई सफल सैन्य अभियान भन्दै आपूmहरुलाई आक्रमणप्रति गर्व लागेको प्रतिक्रिया दिएका छन् । साथै उनले युएईलाई बिदेशी भूमिमा हस्तक्षेप बन्द गर्न पनि चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू