अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै खारेजीको माग

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४१ मा प्रकाशित

कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि ठगी भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराउनु भएको हो । नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेका छन् भने पीसीआर परिक्षणबापत न्यूनतम २ हजारसम्म लिईरहेका छन् ।

त्यस्तै सरकारी अस्पतालले पिसिआर परीक्षणको एक हजारसम्म लिरहेका छन् । तर पीसीआर परिक्षणको लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८ सय भन्दा बढी परीक्षण शुल्क नलाग्ने भन्दै महर्जनले कोरोना परिक्षण शुल्क खारेजीको माग गरेको बताउनु भएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू