अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

सुडानमा सैनिक शासन विरुद्धको प्रदर्शन फेरि चर्कियो, सेनाको गोली लागेर ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:३२ मा प्रकाशित

सुडानमा गत बर्ष भएको सैन्य कु को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा हिजो ७ जना प्रदर्शनकारी मारिएका छन् ।राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरु राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा ७ जनाको मृत्यु भएको हो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता हत्याएको थियो ।

प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेना बिरुद्ध चर्को नारा लगाएका छन् । सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का बिषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ । सुडानमा गत बर्ष देखि सुरु भएको सेना बिरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू