अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

अफगानिस्तानमा भूकम्प – कम्तीमा २६ जनाको मृत्यु, उद्धारको काम जारी

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:३१ मा प्रकाशित

अफगानिस्तानमा लगातार भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको बाग्धिस प्रान्तमा ४ दशमलव ९ र ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ४ जना बालबालिकासहित २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

भुकम्पले ७ सय भन्दा धेरै घरमा क्षति गरेको समाचारमा उल्लेख छ । भूकम्पको केन्द्रविन्दु बनेको बाग्धिस टुर्केमिनेस्थानको सिमाना हो । यो क्षेत्र अविकसित र गरिव क्षेत्रको रुपमा चिनिन्छ । उद्धारको काम चलिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू