अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्छ -सी जिनपिङ

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:३० मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्ने बताउनु भएको छ ।विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको टकरावको नतिजा फलदायी नहुने टिप्पणी गर्नु भएको हो ।

साथै सीले एकअर्काप्रतिको सम्मानका आधारमा मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ। समृद्धिका लागि मतभिन्नतालाई पन्छाएर विभिन्न देश र सभ्यताको साझा आधार खोज्नु पर्ने उहाँको भनाइ छ ।

इतिहासले पनि यसको पुष्टि गरेको उहाँले बताउनु भयो । कोरोना महामारीले सङ्कट निम्त्याउने भएकाले समस्या समाधानका लागि साझा प्रयासको खोजी गर्नुपर्ने उहाँको सुझाव छ ।

यस्तै, कोरोना महामारीका कारण विश्वकै अर्थव्यवस्था खराब हुनबाट रोक्न आर्थिक नीतिको समन्वय गर्न पनि उहाँको आह्वान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू