अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

‘मधेस’ प्रदेश नामाकरण प्रति असहमति, ‘मिथिला–भोजपुरा’ नाम राख्न माग

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:२९ मा प्रकाशित

मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् ।

८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटेएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनु भयो ।

त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन् । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू