अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

प्यासिफिक टापु टोंगामा शक्तिशाली ज्वालामुखी विष्फोट, क्षतिको अनुगमन गर्न न्युजिल्याण्डले पठायो टोली

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४६ मा प्रकाशित

प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ ।न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो क्षेत्रमा सुनामीका कारण ठुलो क्षति पु¥याएको बताउँदै स्थिती बुझ्न बिमान पठाएको जानकारी दिनुभयो ।

टोंगाका जनताको जीवन रक्षाका लागि विश्व समुदायले आ–आफनो क्षेत्रबाट सहयोगको प्रयास थालेका छन् ।ज्वालामुखी बिस्फोटका कारण प्रशान्त क्षेत्रका टापुहरु खरानीले ढाकिएका छन् भने त्यहाँको सञ्चार बिच्छेद हुनुका साथै बिजुली आपूर्ति समेत बन्द हुँदा कम्तिमा ८० हजार मानिस प्रभावित भएका छन् ।

यसको असर अमेरिका र जापानमा पनि पर्ने सम्भावना बढेको भन्दै सो देशहरुले सतर्कता अपनाएका छन् । अमेरिका र जापानले आफ्ना प्रशान्त तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू