अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसको चौथों जित

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४५ मा प्रकाशित

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार चौंथो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो । समूह ‘ए’ मा पुलिसले चारमध्ये चारवटै खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ ।

त्रिभुवन आर्मी क्लबले चार खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुई खेलमा जित तथा एक खेलमा प्रदेश १ सँग अङ्क बाडेको थियो । यता सुदुरपश्चिम प्रदेशले ४, कर्णालीले २ र प्रदेश १ ले १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

आजको खेलमा पुलिसले १ सय २ रनको लक्ष्य १३ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू