अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

‘ए’ डिभिजन लिगमा एनआरटी विजयी

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४२ मा प्रकाशित

न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित हात पारेको छ । लिगको नवौं चरण अन्तर्गत आज भएको अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै एनआरटीले जित हात पारेको हो । जितसँगै एनआरटी ९ खेलबाट १३ अङ्क जोडेको छ । एनआरटी छैटौं स्थानमा छ । जुन शीर्ष स्थानको मछिन्द्रभन्दा दश अङ्कले पछाडि हो ।

लिगमा नवौं चरणको खेल सकिँदा मछिन्द्र २३ अङ्कका साथ शीर्ष स्थानमा छ । १९ अङ्कका जोडेको मनाङ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी १७ अङ्कका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको थ्री स्टारले १६ अङ्कका जोडेको छ । पाँचौं स्थानको सङ्कटाको १४ अङ्क छ । पराजित जावलाखेल भने आठ अङ्कका साथ दशौं स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू