अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

बिआरटीनेपाल २०७८ माघ १ गते ७:०२ मा प्रकाशित

विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

उपाधिका लागि भएको खेलमा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हरायो । उपाधिसँगै आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजारमा चिक्त बुझायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू