अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई

बिआरटीनेपाल २०७८ माघ १ गते ७:०२ मा प्रकाशित

दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिला तर्फको उपाधि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो । उपाधिसँगै एपीएफले ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू