अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सलाई हराउँदै आर्मी तेस्रो स्थानमा रहन सफल

बिआरटीनेपाल २०७८ माघ १ गते ६:५६ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक÷एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । जितसँगै आर्मीको ९ खेलमा १७ अंक भएको छ । फ्रेन्ड्सको ९ खेलमा ३ अंक छ । फ्रेन्ड्स पुछारमा रहेको छ । हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

प्रतिक्रिया