अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

प्रधानमन्त्री टी–ट्वान्टी क्रिकेटमा पुलिस, आर्मी, बागमती र एपिएफ क्लबको जित

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:१२ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले समूह चरणका चारवटै खेल जित्दै शत प्रतिशत नतिजा निकालेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले लगातार चार खेल जितेको हो । आज भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले चार खेलमा दोस्रो जित निकालेको हो । यस्तै टियु क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा समूह ‘ए’ अन्तर्गत कर्णाली प्रदेशलाई ८९ रनको पराजित गदै पुलिस क्लबले जित निकालेको छ । पुलिस समूह विजेता बन्दै सेमिफानलमा प्रवेश गरेको हो । समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले पनि जित निकालेको छ ।

प्रतिक्रिया