अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०७ मा प्रकाशित

अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ ।ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज गरिदिएको हो ।

ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षण गराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले जारी गर्नुभएको थियो । तर, अमेरिकाको सर्वोच्च अदालतले यो आदेश खारेज गरिदिएको छ ।

राष्ट्रपतिले आफ्नो क्षेत्राअधिकार बाहिर गएर आदेश दिएको ठहर गर्दै अदालतले उक्त आदेश खारेज गरिदिएको हो । बरु अदालतले सरकारी लगानीमा संचालित स्वास्थ्य कार्यालयहरुमा भने कोरोना विरुद्धको खोपलाई अनिवार्य गर्न सकिने सिमित आदेश दिएको छ । अदालतको आदेशले अमेरिकामा कोरोना नियन्त्रणमा गरिएका निस्वार्थ प्रयासमा बाधा पुगेको राष्ट्रपति बाइडेनको प्रतिक्रिया छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू