अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

बतासमाथी एकतर्फी प्रहार भइरहेको भन्दै महासंघको आपत्ति

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०५ मा प्रकाशित

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भैरहको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा चरित्र हत्या र मानमर्दन भइरहेको भन्दै महासंघले यस्ता क्रियालापप्रति चिन्ता व्यक्त गरेको छ ।

बतास अर्गनाइजेसनले सरकारले आब्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा रेस्टुरेन्ट सञ्चालनको अनुमति पाएको महासंघले स्मरण गराएको छ । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानूनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।

सञ्चारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नभएको महासंघको ठहर छ । सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने तर्फ उसले सचेत गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू