अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०४ मा प्रकाशित

संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्न बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।विकास तथा प्रविधि समितिले आयोजनाले अस्थायीरुपमा खानेपानी पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन दिएको हो ।

बैठकले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्याईएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हो । यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ । नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले बाढीका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकाले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू