अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

पाकिस्तानद्वारा पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०२ मा प्रकाशित

पाकिस्तानले पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ ।भारतसहितका छिमेकी देशसँग शान्तिपूर्ण सम्बन्धको नीति अवलम्बन गर्ने लगायतका विषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको हो ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो ।

कश्मीरको मुद्दाको टुङ्गो नलागे पनि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गरी व्यापार विस्तारलाई महत्त्व दिएको छ। सुरक्षा नीति सार्वजनिक गर्दै प्रधानमन्त्री खानले देशको सुरक्षा सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रिय सुरक्षा नीतिलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र सङ्घीय मन्त्रीमण्डलले डिसेम्बरको अन्तिमतिर अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू