अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०१ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री खाँण र राजदूत भोल्कबीच अस्ट्रेलिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

त्यसक्रममा मन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । उहाँले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू