अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

‘ए’ डिभिजन लिगमा सातदोबाटोले मनाङ मस्र्याङ्दीलाई हरायो

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०० मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २–१ गोलले हराएको हो ।

सातदोबाटोका मार्टिन एडिल्फे सिलो र मार्टिन्स अजयीले एक÷एक गोल गरे । मनाङका आफिज ओलावालेले एक गोल फर्काए । सातदोबाटोले मनाङलाई पहिलो पटक हराएको हो ।

जितसँगै सातदोबाटोले ९ खेलमा १२ अङ्क जोडेको छ । सातदोबाटो लिगको छैटौँ स्थानमा उक्लिएको छ । मनाङको ९ खेलमा १९ अङ्क छ । मनाङ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू