अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६० हजार बढि कोरोना संक्रमित

बिआरटीनेपाल २०७८ पुष ३० गते ७:३६ मा प्रकाशित

भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । भारतमा हालसम्म ५ हजार ७५३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ६३ लाख १७ हजार ९२७ पुगेको छ भने हालसम्म चार लाख ८५ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू