अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

भारतमा एकै दिन २ लाख ४७ हजार संक्रमित, ओमिक्रोन संक्रमित पनि ५ हजार नाघे

बिआरटीनेपाल २०७८ पुष २९ गते ७:३१ मा प्रकाशित

भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।त्यसैगरी, पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ३ सय ८० जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण हालसम्म भारतमा कुल मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार ८२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा ३ करोड ४७ लाख १५ हजार ३ सय ६१ पुगेका छन् ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ । दैनिक संक्रमण दर १३.११ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६२० जना नयाँ ओमिक्रोन संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ५ हजार ४ सय ८८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा सबैभन्दा धेरै ओमिक्रोन संक्रमितहरू (१ हजार ३ सय ६७०, त्यसपछि राजस्थानमा (७ सय ९२), दिल्लीमा (५ सय ४९०, केरलामा (४ सय ८६) र कर्नाटकमा (४ सय ७९) भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू