अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५
| Colorodo: 06:40
सहिद स्मिार ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत नवौँ चरणका खेलहरू भोलिबाट सुरु हुने भएका छन् । नवौँ चरणका सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने एन्फाले जनाएको छ । भोलि दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा नेपाल एपीएफ क्लब र हिमालयन शेर्पा क्लब बीच प्रतिष्पर्धा हुनेछन् ।
दोस्रो खेलमा मनाङ मर्याङ्दी क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । यस्तै, पर्सि हुने पहिलो खेलमा फ्रेन्डस क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा भने थ्री स्टार र सङ्कटा क्लब खेल्नेछन् ।
साथै, माघ दुई गते ब्रिगेड व्याइज क्लब र मछिन्द्र एफसी तथा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । नवौँ चरणको अन्तिम खेलमा माघ तिन गते एनआरटि र जावलाखेलबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ ।