अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 11:14

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलनको मिति कोरोनाका कारण सारियो

बिआरटीनेपाल २०७८ पुष २९ गते ७:२२ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुन ६ र ७ गतेको लागि सरेको छ । सातै प्रदेशको सम्मेलन केही समय पछि सारिएको जनमोर्चाले जनाएको छ । जनमोर्चाले प्रदेश सम्मेलनको मिति आगामी माघको १५ र १६ गतेका लागि तय गरेको थियो । तर, कोरोना सङ्क्रमणको दर देशभर बढ्न थालेपछि प्रदेश सम्मलेन फागुनका लागि सारिएको हो ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । विज्ञप्तिमा कोरोनाको ओमिक्रोन स्वरुपका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू