अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

दक्षिण अफ्रिकामा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु, १२ घाइते

बिआरटीनेपाल २०७८ पुष २९ गते ७:१२ मा प्रकाशित

दक्षिण अफ्रिकामा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १२ जना घाइते भएका छन् । मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घाइते भएकाहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ । तीव्र गतिमा विपरीत दिशाबाट आएका सवारी साधन एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि मृत्यु भएकाहरूको शव जलेर नष्ट भएका कारण पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू