अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन ३ दशमलव ९ रहने विश्व बैङ्कको प्रक्षेपण

बिआरटीनेपाल २०७८ पुष २८ गते ६:३९ मा प्रकाशित

विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैङ्कले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा आज जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैङ्कले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो । कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औंल्याएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू