अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

कोरोना महामारीबीच पोखरामा आहा रारा गोल्डकपको तयारी, अमेरिकन टोली नेपालमा

बिआरटीनेपाल २०७८ पुष २६ गते ८:०७ मा प्रकाशित

कोरोना भाइरस संक्रमण बढिरहँदा सहारा क्लब भने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ ।दुई वर्षअघि पनि सहाराले कोरोना त्रासकै बीचमा १८औं र १९औं संस्करणको गोल्डकपलाई टुंग्याएको थियो । दर्शकका लागि सिट व्यवस्थापन गरेरै २०औं संस्करणको गोल्डकप गर्न आँटेको सहाराले बताएको छ ।

आगामी माघ ६ देखि १५ गतेसम्म अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति दिएको छ । त्यही मितिमा क्लब २०औं संस्करण टुंग्याउने योजनासहित अन्तिम तयारी तर्फ अघि बढेको छ । २०औं संस्करणको गोल्डकपको लागि १० टोलीको नाम समेत क्लवले सार्वजनिक गरेको छ ।आहा रारा गोल्डकपको २०औं संस्करणमा उपाधि प्रतिस्पर्धाको लागि अमेरिकन क्लब नेपाल आइपुगेको छ । क्यामरुन, भारत, जापान र युकेको टोली आहा–राराको स्पर्धामा भाग लिन यसअघि नै नेपाल आएका थिए । २०औं संस्करणको गोल्डकप खेल्न केही दिनअघि मात्रै अमेरिकन टोली बुद्धिष्ट युथ सकर क्लब(बीवाईएससी) नेपाल आइपुगेको हो ।

अमेरिकन क्लबसँगै डिफेण्डिङ च्याम्पियन संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपीएफ कलब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा कलब, त्रिभुवन आर्मी क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमै मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका किरण केसीले सहारासँगको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै युवा पुस्तालाई अघि बढाई समृद्धिको लागि एकेडेमीलाई सहयोग गरिएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू