अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

भारतीय प्रधानमन्त्री मोदीको भनाइबिरुद्ध सडकमा विप्लव नेतृत्वको बिद्यार्थी संगठनको प्रदर्शन

बिआरटीनेपाल २०७८ पुष २६ गते ७:३५ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतविरुद्ध प्रदर्शन गरेको छ। नेकपाका कार्यकर्ताहरुले सोमबार राजधानीको माइतीघर मण्डलामा भारतविरुद्ध प्रदर्शन गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो विस्तार गर्ने भन्दै गरेको घोषणाको विरोधमा नेकपाले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागि नेकपाका कार्यकर्ताहरुले भारतविरुद्ध नारावाजी गरेका थिए। यस्तै आजै नेकपाको अन्तर्राष्ट्रिय विभागले विज्ञप्ति जारी गर्दै मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्ने बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाप्रति नेपाल सरकार बसेको भन्दै आपत्ति जनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू