अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ पुष २६ गते ७:२९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार ४ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्रख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ सय ५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपाल कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ६ पुगेको छ भने ८ लाख १४ हजार ४ सय ८५ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितकोे संख्या ७ हजार ८ सय ५५ जना रहेका छन् । जसमध्ये ७ हजार २ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू