अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध युवा संघको प्रदर्शन

बिआरटीनेपाल २०७८ पुष २५ गते ८:१९ मा प्रकाशित

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट बनाउन बतास समूहलाई दिने निर्णयलगायत सार्वजनिक सम्पत्ति दुरुपयोग विरुद्ध नेकपा एकीकृत समाजवादी निकट युवासंघले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले सार्वजनिक सम्पत्ति दुरुपयोग रोक्न खबरदारी गरेका थिए । सो क्रममा बोल्दै युवासंघकी इन्चार्ज तथा पोलिटब्युरो सदस्य, दिलकुमारी पन्तले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेविरुद्ध निरन्तर संघर्ष गर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नेमाथि पर्यटनमन्त्री प्रेम आलेले थालेको अभियानमा आफूहरुले पूर्ण साथ दिएर अघि बढ्ने पनि बताउनुभएको छ । केपी ओली नेतृत्वको सरकारका पालामा भएका गलत सम्झौताहरूलाई यो सरकारले खारेज गर्नुपर्ने समेत पन्तको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू