अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

नाइजेरियाको जाम्फारामा सशस्त्र आक्रमणका कारण २ सय जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष २५ गते ७:३३ मा प्रकाशित

उत्तरपश्चिमी नाइजेरियाको जाम्फारा राज्यमा गत हप्ता सैन्य हवाई आक्रमणपछि सशस्त्र डाकुहरूले गरेको आक्रमणमा करिब २०० व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ । त्यहाँका मानवीय मामिला मन्त्री सादिया उमर फारुकका प्रवक्ताले दुई सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेका छन् ।

उक्त स्थानमा अन्धाधुन्ध रुपमा गरिएको आक्रमणबाट धेरै घाइते भएको बताईएको छ । मोटर साइकलमा आएका आक्रमणकारीले आक्रमण गरेको त्यहाँको सुरक्षा अधिकारीलाइ उधृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू