अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

पोखरामा टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, १० टोली सहभागी हुने

बिआरटीनेपाल २०७८ पुष २४ गते ६:३५ मा प्रकाशित

पोखरामा हुन गइरहेको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक टाइगर ग्रुप पोखराले शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरि पुस २६ देखि माघ १ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको सहभागी टोली आउन सुरु भइसकेको जानकारी दियो ।

प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच÷पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।प्रतियोगितामा महिलातर्फ विभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टोली सहभागी हुनेछन् ।

पुरुषतर्फ विभागीय टोलीहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश टोलीको सहभागिता रहने छ । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेतालाई ट्रफीसहित तीन÷तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू