अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 20:10

धरान दिवसमा संजिव लामाको “धरान बजार ” सार्वजनिक

बिआरटीनेपाल २०७८ पुष २३ गते २०:३२ मा प्रकाशित

धरान । गायक संजिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत “लौ है माया नमार घुम्दै आउनु धरान बजार” पुन रेकर्ड गरी नयाँ भिडियो समेत निर्माण गरी १२१ औँ धरान दिवसको अवसर पारी सार्वजनिक गरेका छन् ।

धरानको विभिन्न पर्यटकीय स्थल, ऐतिहासिक स्थलहरू तथा संस्कृतिलाई समेटी धरान चिनाउने अभिप्रायले निर्माण गरिएको भिडियो धरान दिवसको अन्तिम दिन पब्लिक हाई स्कुलको मैदानमा आयोजित धरान सङ्गीत प्रतिष्ठानको साङ्गीतिक कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर तिलक राईले एलईडी स्क्रिनको प्ले बटन थिचेर म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको “धरान बजार” गीतमा संजिव लामाको गायन तथा रचना रहेको छ भने सङ्गीत पारस मुकरुंगको र सङ्गीत संयोजन नीरज श्रेष्ठको रहेको छ । म्युजिक भिडियो सम्पादन बुद्ध थापा मगरको रहेको छ ।

हाल युकेमा बसोबास गर्दै आएका गायक संजिव लामा आफ्नो ठाउँको बारेमा बनाइएको गीत धरान दिवसको शुभ अवसरमा सार्वजनिक गर्न पाउँदा एकदमै खुसी छन् । लामो समय लगाएर बनाइएको भिडियोले केही हद सम्म धरान चिनाउने कुरामा आफू विश्वस्त रहेको गायक संजिव बताउँछन् ।

म्युजिक भिडियो लिंक :

प्रतिक्रिया