अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कोलोराडोमा लागेको आगोबाट १ हजार ८४ घर जले, ५१३ मिलियन डलर क्षति

बिआरटीनेपाल २०७८ पुष २३ गते २०:२० मा प्रकाशित

डेनभर । मार्शल फायरले १ हजार ८४ घर सखाप बनाएको छ । क्षति करिब ५ सय १३ मिलियन अमेरिकी डलरको भएको सरकारी अनुमान छ । आगलागीमा ७ वटा व्यापारिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप ३० व्यापारिक संरचनामा आंशिक क्षति पुगेको छ । तर, क्षतिको पूर्ण विवरण भने हिसाब भइसकेको छैन ।

लुइसभिलमा ५ सय ५० घर ध्वस्त भएका छन् भने ४३ घरमा आंशिक क्षति पुगेको छ । लुइसभिलमा मात्र झन्डै २ सय ३० मिलियन डलरको क्षति भएको अनुमान छ ।

सुपेरियरमा ३ सय ७८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छन् भने ५८ घरमा आंशिक क्षति पुगेको छ । त्यहाँ झन्डै १ सय ५३ मिलियन डलरको क्षति भएको अनुमान छ । त्यस्तै बोल्डर काउन्टीमा १ सय ५६ घर ध्वस्त भएको छ भने ४८ घरमा आंशिक क्षति पुगेको छ । त्यहाँ करिब १ सय ३१ मिलियन डलरको क्षति पुगेको अनुमान छ ।

सरकारी अधिकारीहरू क्षतिको यकिन तथ्याङ्क पत्ता लगाउन अझ काम गरिरहेका छन् । कतिपय संरचनाहरू अझ पत्ता लाग्न बाँकी हुनसक्ने अनुमान छ ।

Photo: Newyork post

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू