अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

नारायणहिटीभित्र रेस्टुरेन्टका लागि बनाउदै गरिएका संरचना भत्काउन सुरु

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:३१ मा प्रकाशित

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचनाहरू भत्काउन सुरु गरिएको छ ।रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आज शुक्रवार धेरै संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक समिति गठन भएको छ । समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको यस समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

समितिले ती विवादित संरचना भत्काउनका लागि १२ जना कामदार खटाइएको जनाएको छ । समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र क्यान्टिन, रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू