अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

संसद बैठक प्रभावकारी बनाउन पहल गर्ने सत्ता पक्षीय गठबन्धनको निर्णय

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:१४ मा प्रकाशित

सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद सञ्चालनलाइ प्रभावकारी बनाउन पहल गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, समितिका संयोजक रामचन्द्र पौडेल र शिर्ष अन्य नेताहरू सहितको बैठकले संसदलाई प्रभावकारी बनाउनका निम्ति पहल गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरूद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताउदै यसलाइ प्रभावकारी बनाउनुपर्नेबारेमा छलफल भएको बताउनुभयो । संसद सुचारू गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने भएकाले प्रतिपक्षि दल पनि यसबारेमा गम्भिर रहनुपर्नेबारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

गठबन्धनको संयन्त्रले माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर आग्रह गर्ने बारेमा पनि छलफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू