अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टि–२० शैलीमा हुने , पुष २६ गतेदेखि सुरु

बिआरटीनेपाल २०७८ पुष २२ गते ७:१५ मा प्रकाशित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि–२० शैलीमा हुने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको फर्मेट परिवर्तन गरेको हो ।योसँगै ७ वर्षपछि नेपालमा टि–२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा क्यानले उक्त प्रतियोगिता आयोजना गर्दैछ । ७ प्रदेश र तीन विभागीय सहित १० टोलीको सहभागिता रहने प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ ।

पुष २६ देखि माघ ५ गतेसम्म टियु र पुलपानी मैदानमा हुने प्रतियोगिताको समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

उद्धघाटन खेलमा आर्मी र कर्णाली प्रदेशबीच टियु मैदानमा भिड्नेछन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दुबै सेमिफाइनल माघ ४ र फाइनल खेल माघ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू