अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

बतास समूहसंग आफ्नो संलग्नता नभएको प्रधानमन्त्री पत्नी आरजुको दाबी

बिआरटीनेपाल २०७८ पुष २२ गते ७:१४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले नारायण हिटी दरबार संग्रहालयमा रेष्टुरेष्टु संचालन गर्न खोजेको बतास समूहसंग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

रेस्टुरेन्ट संचालनका लागि ०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक र पोखराको बतास समूहको बी म्यानेजमेन्टलाई तीन वर्षका लागि ठेक्का दिने सम्झौता भएको थियो । बतासलाई लाभ पुग्ने गरी प्रक्रिया मिलाएर ठेक्का दिइएको विवाद बाहिरिएपछि पर्यटन मन्त्रालयले सो ठेक्का तत्काल रोक्न गत मंगलबार निर्देशन दिएको थियो । बतास समूहमा आरजुको पनि नाम जोडिएर आएपछि उहाँले आफू बतास समूहमा संलग्न नरहेको स्पस्ट पार्नुभएको हो ।

उहाँले समाजिक संजालमार्फत भन्नुभएको छ –‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू