अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौं – पर्यटनमन्त्री आले

बिआरटीनेपाल २०७८ पुष २२ गते ७:०० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।बिहीबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताउनुभयो । उहाँले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको जानकारी दिनुभयो ।

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान राख्नुभयो । उहाँले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो । मन्त्री आलेले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू