अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

नेपालमा तीन महिनायताकै धेरै कोरोना संक्रमित थपिए, एकैदिन १ लाख २० हजारलाई खोप

बिआरटीनेपाल २०७८ पुष २२ गते ७:०० मा प्रकाशित

नेपालमा तीन महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् । १२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वव्यापी रुपमा बढेको प्रभाव नेपालमा पनि परेको छ । योसँगै नेपालमा अहिलेसम्म ८ लाख ३० हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७१ जना निको भएसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार ४ सय ४७ पुगेको छ । सोही अवधिमा १ जनाको कोरोनाकै कारण ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ६ सय २ जनाको मृत्यु भइसकेको छ ।
देशभर ५ हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहँदा १४ जना भेन्टिलेटरमा र ७९ जना आईसीयूमा उपचाररत् छन् ।

संक्रमणको संख्या बढिरहेको अवस्थामा सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख २० हजार ६ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । देशभरका हालसम्म ४८ दशमलव ५ प्रतिशत जनसंख्या लाई एक मात्रा खोप लगाइएको छ भने ३५ दशमलव ९ प्रतिशत जनसंख्यालाई पूर्ण मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू