अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

सत्ता गठबन्धन दल राष्ट्रिय सभा निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने

बिआरटीनेपाल २०७८ पुष २२ गते ६:५९ मा प्रकाशित

सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा यसअघि भएको सहमति अनुसार नै अघि बढ्ने निष्कर्ष निकालेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित छलफल भएको नेताहरूले बताएका छन् ।

आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य पदका लागि निर्वाचन हुँदैछ । सत्तारूढ गठबन्धनमा रहेका ५ दलले भागबन्डा गरेर उम्मदेवारी घोषणा गरिसकेका छन् भने नेकपा एमाले लगायत जम्मा १२ दल निर्वाचनमा सहभागी हुनेछन् । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले समन्वय समिति गठन गरेको थियो । पौडेल नेतृत्वको यो समितिको दोस्रो बैठक आज बालुवाटारमा बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू