अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने

बिआरटीनेपाल २०७८ पुष २१ गते ७:३३ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको हो । पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यसमेत हो । भ्रमणका क्रममा नयाँदिल्लीमा देउवा र मोदीबीच द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा देउवा र मोदीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू